अन्य

फेसबुकबाट पेट्रोल कालोबजारी गर्न खोज्ने पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकबाट पेट्रोल कालाबजारी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको हाम्रो पुलिस एपमार्फत् परेको उजुरी आधारमा अख्तर अली पक्राउ परेका हुन्।

उनले फेसबुकमा 'पेट्रोल १६५ रुपयाँ प्रति लिटर, साँच्चै खरिद्‌न चाहने ग्राहकले मात्र सम्पर्क गर्नुहोला' भनेर फेसबुक स्ट्याटस राखेका थिए। प्रहरीको एपमा उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो।

फेसबुक पेजबाट अख्तर अलीले पेट्रोल बिक्रीका लागि सूचना निकालेको प्रहरीले पाएको थियो। सोही आधारमा दाङ भालुबाङ बस्ने अख्तर अलीलाई ईलाका प्रहरी कार्यालय भालुबाङले पक्रा गरेको हो।

प्रकाशित: १२ आश्विन २०७२ ०६:१६ मंगलबार