नाम, थर र ठेगाना नखुलेकी अन्दाजी ११ वर्षकी बोल्नसमेत नसक्ने ती बालिकाको शव एकरहिया– ३ स्थित भिक्सको रुखको बगैँचामा बलात्कारपछि मारिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
उक्त गाउँमा मागी खाने गरेकी ती बालिकामाथि सामूहिक बलात्कार गरिएको आशङ्का प्रहरीले गरेको छ। प्रहरी निरीक्षक नरेश महतोका अनुसार बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ। रासस
प्रकाशित: ११ आश्विन २०७२ ०२:३४ सोमबार