काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशलास्थित बसपार्कमा आफूलाई प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भक्तपुर ठिमी डेरा गरी बस्ने कैलाली धनगढीका २३ वर्षीय भरत नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।