यद्यपि प्रहरीले पक्राउ परेको वस्तुलाई 'सुन जस्तै देखिने पहेँलो धातु' भनेको छ। मेची अञ्चल प्रहरी प्रमुख एसएसपी पुष्कलराज रेग्मीले 'सुनजस्तै देखिने पहँलाे धातु सुन हो–होइन भनेर प्रमाणित गर्न परीक्षणमा पठाइएको' जानकारी दिएका छन्।
मंगलबार दिउँसो यति एयरलाइन्सको विमानबाट राजधानी जान लागेका २२ वर्षीय सोनाम गुरुङको साथबाट 'सुनजस्तै देखिने पहेँलो धातुका १० वटा विस्कुट आकार' को सामान पक्राउ गरिएको प्रहरीले जनाएको छ। ताप्लेजुङ घर बताउने गुरुङको नागरिकता चाहिँ ललितपुर जिल्लाको भेटिएको प्रहरीले जनाएको छ।
उनले लगाएको जुत्ता ज्यादै अस्वाभाविक देखिएपछि प्रहरीले विमानभित्रै शरीर जाँच गरेको थियो। त्यसक्रममा उक्त सामान फेला परेको हो। अञ्चल प्रहरी प्रमुखले बरामद सामान सुन हो कि होइन भन्नेमा आशंका जनाए पनि जिल्लाका एक प्रहरी अधिकारीले चाहिँ बरामद सामग्री सुन नै भएको बताएका छन् । 'सुन नै हो,' ती अधिकारीले भने 'तर, अञ्चलले प्रमाणित गरेपछि आधिकारिक कुरा आउँछ।'
प्रकाशित: २९ भाद्र २०७२ ०७:१९ मंगलबार