इनर्वा-८ स्थित पोखरीको डिलमा ७/८ जनाको समूहको डिलमा बसिरहेको बेला ठाढी प्रहरी चौकीको गस्ती प्रहरी टोलीले शंका लागेर त्यहाँ पुगेका थिए। प्रहरी देखेर बाँकी मानिस फरार भएका थिए। नियन्त्रणमा लिइएका दुई जनाको शरीर तलासी गर्दा उनीहरुको साथबाट एक थान कटुवा र चार राउण्ड गोली बरामद भएको चतुर्वेदीले बताए।
पक्राउ परेकाहरुको साथबाट सेतो र पहेँलो धुलो (५०० ग्राम) समेत बरामद भएको डीएसपी चतुर्वेदीले बताए। यो धुलो लागुऔषध हो वा अन्य कुनै वस्तु परीक्षण पश्चात प्रष्ट खुल्ने उनले बताए।
प्रकाशित: २८ भाद्र २०७२ २०:१२ सोमबार