अन्य

सशस्त्र प्रहरीको पोष्टमा आगजनी

कपिलवस्त— प्रस्तावित प्रदेशविरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मर्यादपुरको शसस्त्र प्रहरी आउट पोष्ट चेक पोष्ट मर्यादपुरमा आइतावर साँझ आगजनी गरेका छन्। नेपाल प्रदेशद्वार नजिक रहेको अस्थायी पोष्टमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरी आगजनी गरेका हुन्।पछिल्ला केही दिन यता शसस्त्रले पोष्टबाट शसस्त्रको टोली हटाई मर्यादपुर प्रहरी चौकी र सुठौली भंसार कार्यालयमा राख्दै आएको थियो । तोडफोड र आगजनीका कारण आउटपोष्टको छाना जलेर नष्ट भएको सशस्त्र प्रहरी उपरीक्षक मधुकृष्ण गडतौलाले बताए।

ठूलो संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले १४ जनाको संख्यामा रहेको सशस्त्र प्रहरीलाई हटन चेतावनी दिएपछि उनीहरु नेपाल प्रहरीको सीमा सुरक्षा कार्यालयमा गएका थिए । सो लगत्तै आक्रोसित मोर्चाका कार्यकर्ताहरुले पोष्टमा तोडफोड र आगजनी गरेका हुन्। घटनको केही बेरमै घटनास्थल पुगेका सशस्त्र प्रहरी गडतौलाले चेतावनी दिएपछि अगजनी गर्ने समुह भागेका थिए।

सुठौली भन्सार समेत ठप्प रहेकाले अब त्यहाँ पोष्ट नराखिने गडतौलाले बताए। पोष्ट नाकाबाट आउजाउ गर्नेमाथि निगरानी, चेकजाँचका लागि खडा गरिएको थियो।

प्रकाशित: २७ भाद्र २०७२ ०७:३७ आइतबार