अन्य

अष्ट्रेलिया पठाउने भन्दै युवक बन्धक बनाउने सिंह पप्पुदेव समूहका सदस्य

काठमाडौं– अष्ट्रेलिया पठाउँछु भन्दै नेपालको विर्तामोडमा ल्याएर तीन भारतीय नागरिकलाई बन्धक बनाउने घटनाका मुख्य नाइके सुनिलकुमार सिंह भारतका कहलिएका आपराधि पप्पुदेव यादव भुमिहार समूहको सदस्य भएको खुलेको छ।


भुमिहार नेपाल र भारमा अपहरणमा कहलिएका अपराधि हुन्। सोहि समूहका सदस्य सिंह नेपाली केटी विवाह गरी २३ बर्ष देखि नेपालमा बसि उनलाई सघाउँदै आएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी भिम दाहालले बताए।

२०६० सालमा विराटनगरमा भएको तुलसिराम अग्रवालको अपहरणका मुख्य योजनाकार भारत विहार सारसाका पप्पुदेव यादव भुमिहार थिए।

बरामद हतियार र अन्य सामाग्री।
उनी २०६० मा नेपालमा पक्राउ परेका थिए। १२ वर्ष जेल सजाय सुनाइका उनी कैद सजाय पुरा हुनु २ वर्ष अगाडिनै रिहा भए। अनुसन्धानमा उनलाई छुटाउन सुनिलले २४ लाख ६९ हजार रकम खर्च गरेको दावी गरेको अनुसन्धानस्रोतले बतायो। पप्पुदेव काठमाण्डौको नक्खु, केन्द्रिय कारागार, मोरंङ, रामेछाप र पाल्पा कारागारमा पुग्दा सुनिल पनि ती कारागार पुगेको खुलेको छ। अहिले पप्पु विहारमा देव कन्सट्रक्सनको नामको निर्माण सम्बन्धी कम्पनि चलाएर बसेका छन्। सुनिल त्यसका पार्टनर समेत रहेको खुलेको डिएसपी दाहालले जानकारी दिए।

उनीहरुले अपहरितलाई बन्धक बनाउन विर्तामोडमा घर भाडामा लिएका थिए। उनीहरुले सो घरमा यस अगाडि १६ जनालाई बन्धक बनाएर रकम असुलेर छोडेको दाहालले जानकारी दिए।

प्रहरीका अनुसार अष्ट्रेलियामा रोजगारीका लागी भन्दै भारतीय दिपक सोलांगी र नेपाली बिक्रम सेठ नामका व्यक्तिले भारतको दिल्लीवाट विभिन्न व्यक्तिहरूलाई फेसवुक मार्फत डेस्टिनेशन भिषा एटएयुएसआइ नामबाट विज्ञापन गरेर अष्ट्रेलिया जान चाहनेहरुलाई प्रलोभनमा पारेका थिए।

अष्ट्रेलिया जान सम्पर्कमा आएकाहरुलाई हिन्दु सिंह यादव र अमित झाले भारतीय नगरिक सुनिल कुमार सिंह र रंजित सिंह सहितका ३ जना नेपाली मिलेर झापाको विर्तामोड ल्याएर पुरै घर भाडामा लिएर बन्धक बनाएर राखेका थिए।

दाहालका अनुसार उनीहरुले झापा शनिअर्जुन नगरपालिका–५ मा मासिक ७ हजारमा एक तले घर भाडामा लिएर उनीहरुलाई दिल्लीवाट सिलगुडिको वागडुगुरा हुदै भदौं १३ र १९ गते ३ जना भारतीयलाई ल्याएर बन्धक बनाएका थिए।

उनीहरुलाई घरमा वन्धक वनाएपछी नेट फोन मार्फत अष्ट्रेलियाको नम्वर दखिनेगरी पिडितको अविभावकलाई आफु अष्ट्रेलिया पुगेको भन्दै फोन गर्न लगाएर हुन्डी मार्फत प्रतिब्यक्ति ९ लाख रुपैंया मगाएका थिए।

भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर राखेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको समेत सहयोगमा अनुसन्धान गरी झापा प्रहरीले बन्धक ३ जनालाई मुक्त गर्दै त्यसमा संलग्न सुनिल सहित ५ जनालाई पक्राउ गरेको थियो।

प्रहरीले काठमाडौं, काँडाघारी बस्ने सुनिल सहित काठमाडौंको पेप्सीकोलामा बस्ने भारतीय नागरिक रंजित सिंहसँगै भैरहवाका ओमकुमार काहार, सप्तरीका सन्तोष कुमार चौधरी र सुशिल कुमार चौधरीलाई पक्राउ गरी उनीहरुले बन्धक बनाएको भारतीय नागरिक कमलेश भाटि, विनोद कुमार साखला र जिगिर असोकभाई पमारलाई मुक्त गरेको छ।

उनीहरुको साथबाट मेडइन युएसए लेखिएको पेस्तोल, १९ राउन्ड गोली, खुकुरी, ४२ हजार नेपाली रुपैंया र विभिन्न सिमकार्ड र एटिएम कार्डहरु, पिडितको पासपोर्ट लगायतका सामाग्रि फेला पारेको डिएसपी दाहालले जानकारी दिए।

अपहरणकारीसँग प्रेस र मानवअधिकारवादीको परिचयपत्र

अपहरणकारीबाट बरामद प्रेस र अधिकारवादीको कार्ड

उनीहरुको साथबाट प्रहरीले अन्तराष्ट्रिय प्रेस कार्ड र मानव अधिकारीवादी संगठनको सदस्यताको परिचय पत्र फेला पारेको छ।

९ लाखमा अष्ट्रेलियाको अष्ट्रेलिया माइन्स कम्पनीमा रोजगारका लागी पठाइदिने भन्दै भारतीय नागरिकलाई नेपालमा ल्याएर घरनै भाडामा लिएर बन्धक बनाइ राखेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ३ नेपाली र २ जना भारतीय नागरिकलाई शनिवार पक्राउ गरेको थियो।

अनुसन्धानमा घटनाको मुख्य योजनाकार देखिएका सुनिलको साथबाट प्रहरीले भारतबाट जारी भएको प्रेस सम्बन्धी अन्तराष्ट्रिय कार्ड र नेपालमा ह्युमन राइट्स एन्ड पिस फाउन्डेशन(हुर्रक नेपालं) को कार्ड समेत फेला पारेको छ।

प्रकाशित: २६ भाद्र २०७२ ०५:२३ शनिबार