अन्य

अष्ट्रेलिया लाने भन्दै बन्धक बनाइएका ३ भारतीय नागरिक मुक्त

काठमाडौं– अष्ट्रेलिया लैजाने भनेर झुक्याउँदै झापाको बिर्तामोडमा ल्याई बन्धक बनाएर राखिएका तीन जना भारतीय नागरिकलाई नेपाली प्रहरीले अपहरण मुक्त गरेको छ।


बिर्तामोडमा डेरा भाडामा लिएर तीन जना भारतीय नागरिकलाई बन्धक बनाउने तीन जना नेपाली र दुई भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको छ। झापाका डिएसपी भीम ढकालका अनुसार अपहरणमा संलग्न समुहले भारतीय नागरिकलाई अष्ट्रेलिया लैजान्छु भन्दै झुक्याएर बिर्तामोडमा ल्याएर बन्धक बनाई उनीहरुका परिवारसँग फिरौती रकम मागेका थिए।

अपरहरण मुक्त भारतीय नागरिकका बारेमा थप जानकारीका लागि भारतीय प्रहरीसँग समन्वयन भइरहेको डिएसपी दाहालले जानकारी दिए ।

प्रकाशित: २६ भाद्र २०७२ ०१:३४ शनिबार