अन्य

जोकोभिच र सेरेना विजयी

न्युयोर्क- सर्बियाली नोभाक जोकोभिचले स्पेनका फेलिसिनो लोपेजलाई हराउँदै युएस ओपन टेनिसको सेमिफाइनल पुगेका छन्। विश्व नम्बर एक जोकोभिचले लोपेजलाई ६–१, ३–६, ६–३, ७–६(७/२)ले पराजित गरेका थिए।न्युयोर्कमा ५५औं खेलमा सफलता पाएका शीर्ष वरियता तथा सन् २०११ का च्याम्पियन जोकोभिचले २६औं महŒवपूर्ण क्वार्टरफाइनल खेलेका थिए। यस वर्षका अस्टे्रलियन ओपन र विम्बल्डन च्याम्पियन जोकोभिचले लोपिजविरुद्धको खेलेका सबै पाँचै खेलमा आनन्दसाथ सफलता पाएका छन्।

जोकोभिचले शुक्रबार सेमिफाइनलमा साबिक विजेता मारिन किलिकसँग प्रतिस्पर्धा गर्नेछन्। क्रोएसियाका किलिकले सेमिफाइनल पुग्न फ्रान्सका जो विल्फ्राइड सोङ्गालाई ६–४, ६–४, ३–६, ६–७(३/७), ६–४ ले हराएका थिए।

न्युयोर्कमा नवौं क्वार्टरफाइनलमा सफलता पाएपछि जोकोभिचले लोपेज सर्भ र भली दुवैमा राम्रो गर्न सक्ने एकमात्र खेलाडी भएको बताए।

महिलातर्फ ग्रान्ड स्लाममा कीर्तिमान बनाउन लागेकी सेरेना विलियम्सले दिदी भेनसलाई हराउँदै सेमिफाइनल सुरक्षित गरेकीछिन्। विश्व नम्बर एकसेरेनाले ६–२, १–६, ६–३ ले सफलता पाइन्। अब उनले रोब्रेटा भिन्सीसँग प्रतिस्पर्धा गर्नेछिन्। ३२ वर्षीया इटालीकी भिन्सी ४४औं पल्टको ग्रान्ड स्लाम सहभागितामा पहिलोपल्ट सेमिफाइनल पुगेकी छन्।

प्रकाशित: २३ भाद्र २०७२ २०:३७ बुधबार