बालकको शव हातखुट्टा बाँधेको अवस्थामा हिजो अाइतबार साँझमा स्थानीयले देखेका थिए। मकैबारीमाथिको डाँडामा हात, खुट्टा मुख बाँधेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सोमबार घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेको छ। शवलाई पोस्टमार्टमका लागि घटनास्थलबाट उठाएको छ।
मामाघरबाट शुक्रबार भ्यु टावर हेर्न भनी मनदिस निस्केका थिए। साँझसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो। मन्दिसका पिता विशाल घिमिरे ९ महिनाअघि रोजगारीका लागि मलेसिया गएका छन्। अामा भगवती बालाजु बस्दै अाएकी छिन्।
उनी प्रगति बोर्डिङ स्कूलमा कक्षा ४ मा अध्ययनरत थिए।
यसअघि कसैबाट अपहरण, धम्की केही नअाएको मन्दिसकी अामा भगवतीले नागरिकन्युजलाई बताइन्।
कसले किन हत्या गर्यो भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेको छैन। 'प्रारम्भिक अनुसन्धानलाई हेर्दा पारिवारिक कारण जस्तो देखिन्छ', महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी विश्वराज पोखरेलले नागरिकन्युजसँग भने, 'हामी अनुसन्धान गरिरहेका छौं। केही समयपछि रहस्य बाहिर अाउँछ।'
प्रकाशित: २१ भाद्र २०७२ ०२:४३ सोमबार