पोखरा-पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ।शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी पोखराको पृथ्वीचोकस्थित एक होटलमा ल्याई साउन २९ गते जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए। प्रहरीले शाहलाई करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। रासस
प्रकाशित: १५ भाद्र २०७२ ०३:४७ मंगलबार