बर्दिबासको भोला वसन्त चौकदेखि (हाईवे) भन्दा तीन सय मिटर उत्तरमा पार्किङ गरी राखिएको ती बसमा आगजनी भएपछि ना.५ख ४९९४ र अनटेस्ट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ना.५ख२६९४ नम्बरको बसमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
आगजनी गरिएका तीनवटै बस महोत्तरीको औरही गाविस निवासी मुकेश चौधरीको रहेको प्रहरी निरीक्षक यादवले बताए। बर्दिबासस्थित आफ्नो डेरामा सुतिरहेका गाडी धनी चौधरीले अचानक डेरा अगाडि आगोको मुस्लो देख्दा बाहिर आएर हेर्दा गाडी जलिरहेको पाएपछि प्रहरीलाई खबर गरेको बताए।
खबरपछि तत्काल त्यहाँ पुगेका प्रहरी र स्थानीयवासीले गाडीको आगो नियन्त्रणमा लिए पनि त्यतिबेलासम्म बस क्षतिग्रस्त भइसकेको थियो। इलाका प्रहरी कार्यालय बर्दिबासले बसमा आगजनी गर्ने समूहको खोजीका लागि गएरातिदेखि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको जनाएको छ । रासस
प्रकाशित: १० भाद्र २०७२ २१:४७ बिहीबार