अन्य

दुई दिनमा करणीका दुई उजुरी

लहान–घरमा खाना पकाइरहेको मौका छोपी १० वर्षीया बालिकालाई करणी गर्न खोज्ने एक ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। बालिकामाथि करणी उद्योग गरेको अभियोगमा सोही गाउँ सिरहा जनकिनगर–७ का मोहम्मद पलट मिया पक्राउ परेको लहान प्रहरी प्रमूख(डिएसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।पीडितको जाहेरीको आधारमा मियालाई पक्राउ गरी अनुसन्धान भइरहेको चतुर्वेदीले बताए । शनिबार बिहान ९ बजे घरमा कोही नभएको बेला खाना पकाइरहेकी बालिकालाई पछाडिबाट समातेर मुख थुनी भूँइमा लडाएर करणी गर्न खोज्दा बालिका चिच्याइकी पीडितको जाहेरीमा उल्लेख छ ।

यसैगरी सिरहाको सोठियाइन–६ मा एक बालिका बलात्कृत भएकी छिन् । दलित समुदायकि १५ वर्षीया बालिकामाथि बलात्कार भएको जोहेरी पीडित परिवारले शुक्रबार लहान प्रहरीमा दर्ता गराएका छन्। छिमेकी गाउँ अर्नामाबाट हजुरआमालाई माइती पुर्याएर फर्की रहेकी यी बालिकालाई सोठियाइनकै मनोजकुमार सदायले सुनसान कटनिया नदीको डिलमा लगेर बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख रहेको लहान प्रहरीले जानकारी दिए ।

प्रतिवादी सदाय फरार रहेको र उनको खोजी भैरहेको डिएसपी चतुर्वेदीले बताए । बलात्कारको घटना साउन ३२ गते भएपनि गाउँमा मिलाउन खोजिएको र नमिलेपछि भदौ ४ गते प्रहरीमा उजुरी दिएको सोठियाइनका एक स्थानीयले जानकारी दिए ।

प्रकाशित: ६ भाद्र २०७२ ०३:३३ आइतबार