अन्य

एउटै घरबाट साढे ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय धर्म खड्गीको घरबाट ४ लाख ७७ हजार रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी भएको छ।

ख्ड्कीको घरको दोस्रो र तेस्रो तलाको कोठाको ढोका फोरेर १ लाख ३७ हजार रुपैयाँ नगद र सुनका गहना गरी अन्दाजी १ लाख ६५ हजार रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ । त्यस्तै, सोही घरमा डेरा गरी बस्ने ४७ वर्षीय साउन खड्गीको कोठाबाट १ तोला सुनका गहना र नगद १ लाख २५ हजार गरी १ लाख ७५ हजार वरावरको धनमाल गएराति चोरी भएको छ।

घटनाको अनुसन्धान भइरहेको र चोरहरुको खोजी कार्य जारी रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित: २८ श्रावण २०७२ ०७:२३ बिहीबार