अन्य

युवा संघका केन्द्रीय सदस्य गुन्डागर्दी आरोपमा पक्राउ

काठमाडौं– कुटपिटको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) भातृ संगठन युवा संघका केन्द्रीय सदस्य अमित लामा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई गुन्डागर्दी गरेको आरोपमा पक्राउ गरेको हो।


 

वृत्तका डिएसपी रमेश बस्नेतका अनुसार शुक्रबार बेलुकी दरबारमार्गस्थित भिक्टोरी क्लबमा प्रवेश गर्न नदिएको भन्दै क्लबका गार्ड र बाउन्सर कुटेको आरोपमा लामालाई पक्राउ गरिएको हो।

बस्नेतका अनुसार लामालाई सार्वजनिक अपराधको आरोपमा प्रहरी हिरासतमा राखिएको छ। रात्रिकालीन व्यवसायमा आबद्ध लामा गुन्डागर्दीको आरोपमा पटक–पटक पक्राउ पर्ने गरेका छन्।

प्रकाशित: २३ श्रावण २०७२ २०:०० शनिबार