अन्य

लागू अाैषध कोरेक्स सहित दम्पती पक्राउ

लहान—शरीरमा बाँधेर भारतबाट ल्याएको लागूऔषध कोरेक्स सहित शुक्रबार एक दम्पती पक्राउ परेका छन्। ३५ बोतल कोरेक्स शरीरमा बाँधेको अवस्थामा लहान–५ की नदमा खातुन र बाइकको सिटमुनि १५ बोतल कोरेक्स राखेको अवस्थामा उनका पति मोहम्मद समसादलाई लहान प्रहरीले पक्राउ गरेको हो।

 

इलाका प्रहरी कार्यालय लहानका डिएसपि उमा प्रसाद चतुर्वेदीका अनुसार नदमाले सेतो प्लास्टिकमा १८ बोतल कोरेक्स कम्मरमा बाधेकी थिइन्। १७ बोतल पिडौँलामा लुकाएकी थिइन्। प्रहरीले दम्पत्तीबाट कूल ५० बोतल कोरेक्स बरामद भएको जनाएको छ।

लागू अाैषध कोरेक्स सहित नदमा र मोहम्मद। तस्विरः मिथिलेश

लौकाहाबाट १८० रुपैयाँ प्रतिबोतल कोेरेक्स खरिद गरी ल्याएर लहान ५ स्थित घरबाटै प्रतिबोतल ७ सय प्रतिबोतल सम्ममा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लौकाहाबाट लागुऔषध सहितका व्यक्ति बाइकमा आइरहेको सूचनाका आधारमा प्रहरीले गाढा–५ बथनाहा चोकमा चेकजाँच गर्दा खातुन दम्पती ५० बोतल कोरेक्स सहित पक्राउ परेको डिएसपि चतुर्वेदीले नागरिकन्युजलाई बताए।

पक्राउपछि उनीहरुको घर खानतालसी गर्दा १९ बोतल कोरेक्स बरामद भएको उनले बताए।

प्रकाशित: २२ श्रावण २०७२ ०६:२८ शुक्रबार