अन्य

अाफ्नै घरकी कामदार बालिका बलात्कार गर्ने जेल चलान

काठमाडौं— आफ्नो घरमा घरायसी काम गर्न राखेकी १३ वर्षीया बालिकालाई दुइ वर्षसम्म पटक पटक बलात्कार गरेको मुद्दामा अदालतबाट दोषी ठहरिएर फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सर्लाही हरिवन गाविस वडा नं २ घर भई हाल जिल्ला काठमाडौँ सिनामङ्गल बस्ने ७२ वर्षीय भरत शर्मा भन्ने पुष्पलाल उप्रेतीलाई पक्राउ गरेको हो।

 

उप्रेतीले २०६७ देखि २०६९ सालसम्म घरमा काम गर्न राखेकी बालिकालाई पटकपटक घरमा कोही नभएको मौका पारी ज्यान मारिदिने धम्की दिई जबर्जस्ती याैन सम्पर्क गरेको अदालतले ठहर गरेको थियो। माइती नेपालका तर्फबाट जाहेरी दरखास्त दिएकामा काठमाडौँ जिल्ला अदालतको गत कात्तिक २३ मा आठ वर्ष कैद सजाय र पीडितले पाउने गरी रु एक लाख क्षतिपूर्ति दिन फैसला गरेको थियो। त्यसयता उप्रेती फरार रहेका थिए ।

प्रकाशित: २१ श्रावण २०७२ ०७:४१ बिहीबार