अन्य

पूर्व सभासद् धराैटीमा रिहा

कलैया—जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक अपराधमा प्रहरीले हिरासत्मा लिएका पूर्वसभासद् शिवचन्द्र कुशवाहलाई धराैटीमा छोडेको छ। उनलाइ रु २० हजार रुपैयाँ धरौटी लिई तारेखमा रिहा गरिएको हो।

 

साउन ३ गते बरियारपुरमा जग्गासम्बन्धी दुई पक्षबीच झैझगडा भएको र साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा छलफलका क्रममा बोलाइएका कुशवाहाले प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल, प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीसमेतलाई दुव्र्यवहार गरेकाले निजलाई सार्वजनिक अपराध ऐनअनुसार साउन १० गते १५ दिन म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको सहायक प्रजिअ योगेन्द्र दुलालले जानकारी दिए। रासस

प्रकाशित: २१ श्रावण २०७२ ०७:३९ बिहीबार