"मृतकबाट अंश छिन्न हत्या गरिएको देखिन्छ," दाहालले भने – "अभियुक्तलाई सर्वस्वसहित कैद हुन सक्छ ।" अभियुक्त बोट दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइसकेको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न थप एकजना फरार रहेको छ ।
चोरीमा ज्वाइँ, छोरी र ससुरा पक्राउ
त्यसैगरी, प्रहरीले केही दिनअघि भीमदत्तनगरको इन्टरनेसनल हायर सेकेन्ड्री स्कुलको चमेनागृह र लोकप्रिय सुनचाँदी पसलमा चोरी गर्ने तीनजनालाई नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न लक्ष्मण सुनार, शारदा लुहार र प्रकाश बोहरालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार लक्ष्मण शारदाका बुबा र प्रकाशका ससुरा हुन् । तीन जनाको समूहले चमेनागृहबाट रु १० हजार नगद र मोबाइल सेट चोरेका थिए भने सुनचाँदी पसलबाट अन्दाजी सात÷आठ तोला सुन चोरेका थिए । रासस
प्रकाशित: २१ श्रावण २०७२ ०२:५७ बिहीबार