अन्य

गोंगबु र बसुन्धराका जुवाघरमा प्रहरी छापा, १६ जना पक्राउ

काठमाडौं— गोंगबु र बसुन्धराका जुवा खेलाउने घरमा प्रहरीले छापा मारी १६ जनालाइ पक्राउ गरेको छ। गोंगबु स्थित धर्ममान महर्जनको दुईतले घरको भुइँ तला कोठामा छापा मारी तास खेलिरहेका ९ जनालाइ पक्राउ गरेको छ।

 

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार नगद ७३ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

बसुन्धरा स्थित गोविन्द मैनालीले संचालन गरेको मैनाली सप्लायर्स बालुवा डिपोमा जुवा खेलिरहेको सूचना अधारमा प्रहरीले छापा मारेको छ। प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेका मैनाली सहित ७ जनालाई शनिबार पक्राउ गरेको हो। उनीहरूका साथबाट प्रहरीले नगद ३६ हजार ५ सय रुपैयाँ र कौडा १६ थान बरामद गरेको छ।

प्रकाशित: १७ श्रावण २०७२ ०३:४५ आइतबार