अन्य

ब्लुबुक नवीकरण गर्दा घुस लिनेविरुद्ध मुद्दा दायर

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग सवारी साधनको ब्लु बुक नवीकरण गर्दा घुस लिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, गण्डकीका लेखा अधिकृत र लेखापालविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।आयोगले सो कार्यालयका लेखा अधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरि शर्माले सवारी साधनको ब्लु बुक नवीकरण गर्दा सेवाग्राहीसँग रु दश हजार घुस लिएको आरोप लगाएको छ। उनीहरुलाइ हदैसम्मको कारबाहीको माग गर्दै आज आयोगले मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रकाशित: १२ श्रावण २०७२ ०७:४१ मंगलबार