काठमाडौं–सामाजिक संजाल फेसबुक र मोवाइल फोनमार्फत केटीसाथीलाई चरम यातना दिने हुम्ला सिमीकोट गाविस–३ बस्ने २८ वर्षीय गमान रोकायालाई महानगरीय अपराध महाशाखाले साउन ६ गते हुम्लाबाट पक्राउ गरेको छ ।केटीसाथीको बिभित्र अश्लिल फोटोहरु तथा भिडियो अपलोड गरी पीडितका आफन्त तथा साथीहरुलाई पठाउनुकोसाथै धम्कीपुर्ण म्यासेजसमेत पठाई यौनकार्यको लागि पटकपटक डरत्रास देखाई मानसिक यातना दिई चरित्रमा आँच आउने कार्यमा संलग्न रोकायालाई महाशाखाले सो कार्यमा प्रयोग भएका ल्यापटप १ थान, मोवाईल १ थान, सिमकार्ड १ थान र मेमरीकार्ड २ थानसहित पक्राउ गरेको हो ।
रोकायालाई काठमाडौं ल्याई प्रारम्भिक अनुसन्धान पश्चात बिद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्धामा आवश्यक अनुसन्धान र कारवाहीको लागि महाशाखाले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको छ ।
प्रकाशित: ९ श्रावण २०७२ ०५:५९ शनिबार