गत मंगलबार दिउँसो ३ बजे घरबाट टाढा रहेको उखुघारीमा शौच गर्न गएकी वेला गाउँकै युवकले मुख थुनेर जबरजस्ती लछार पछार गरी वालात्कार गरेकोे पीडित पक्षले जानकारी दिएका छन्।
शौच गर्न गएकी वालिकालाई युवकले बलात्कार गरेपछि घटना गाउमै मिलाउन पीडित परिवारलाई दबाब दिएका थिए। पीडितका आफन्तले घटनाका विषयमा कुनै सम्झौता गाउँमा नगरेपछि बुधवार इलाका प्रहरी कार्यालय गरुडामा किटानी उजुरी दर्ता गराएका छन्।
पीडित वालिकाको स्वास्थ्य परीक्षण गरेर घटनाको विषयमा आवशयक अनुसन्धान भइरहेको तथा मूख्य आरोपी युवक मनोज भने फरार रहेको र खोजी भैरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालले बताएका छन्।
प्रकाशित: ७ श्रावण २०७२ ०१:५५ बिहीबार