अन्य

शुक्रवार सुन्दरी : आयुष्मा कार्की

शुक्रवार सुन्दरी शंकरदेव क्याम्पसमा एमबीएस पहिलो वर्षमा अध्ययनरत आयुष्मा कार्की मोडलिङ दुनियाँमा प्रवेश गरेको चार वर्ष भयो। उनले दुई दर्जभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन्।

उनले अभिनय गरेका फिल्म 'फिंगर प्रिन्ट र 'कसैलाई नभन्नू' रिलिज हुन बाँकी छन्। 'फिल्ममा काम गर्ने अफर आइरहे पनि पढाइका कारण समय दिन पाएको छैन,' आयुष्मा भन्छिन्, 'पढाइ सकेपछि पूरै समय अभिनयमा दिने योजनामा छु।'

तस्बिर : सञ्जय रौनियार

अभिनय, नृत्यलगायत फिल्म करिअरका लागि चाहिने सीप हासिल गर्न नियमित ट्रेनिङ गरिरहेकी उनी आफूमा क्षमता भएपछि जुनसुकै क्षेत्रमा पनि जम्न सकिने बताउँछिन्। 'पढाइलाई लथालिंग छोडेर एकोहोरो फिल्ममा मात्र दौडिएको भए मैले पनि धेरैवटा फिल्ममा अभिनय गरिसकेकी हुन्थेँ,' उनी भन्छिन्, 'तर, मेरो प्राथमिकता पढाइ हो। त्यसपछि फिल्म हो।'

प्रकाशित: २ श्रावण २०७२ २१:५७ शनिबार