अन्य

पाँच हजार सापटी नदिँदा एसिड प्रहार

कोहलपुर- पाँच हजार रुपैँया सापटी नदिएको झोकमा कोहलपुरका एक सुनचाँदी व्यवसायीमाथि एसिड प्रहार भएको छ। कोहलपुर–२ साझाचोकमा राधाकृष्ण सुनचाँदी पसल चलाउँदै आएका सुरज विश्वकर्माले सापटी पैसा नदिएको भन्दै एसिड प्रहार गर्दा धिरज सुनचाँदी पसलका सञ्चालक धिरज गोतामे गम्भीर घाईते भएका छन्।गोतामेको मुख, दाँया आँखा, घाँटी, छाती र हात एसिडले डढेको छ। 'असार ३० गते राति आठ बजे मदिरा पिएर गोतामेको पसलमा पुगेका विश्वकर्माले रकम नदिएपछि सुनचाँदी सफा गर्न राखिएको एसिड प्रहार गरेको पाईयो,' ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी टिकाबहादुर केसीले भने। घाईते गोतामेको काठमाडौंमा उपचार भैरहेको छ।

लेनदेनमा विवादपछि सहकर्मीलाई एसिड प्रहार गरि फरार विश्वकर्मालाई असार ३१ गते बर्दिया जमुनीबाट प्रक्राउ गरि नियन्त्रणमा राखिएको डिएसपी केसीले बताए। 'एसिडबाट घाईते गोतामे उपचारका लागि काठमाण्डौ भर्ना भएका छन्, हामी कहाँ कारवाहीका लागि जाहेरी आएको छैन्,' उनले भने,' पीडितपक्षबाट जाहेरी आउनसाथ मुद्धा दर्ता गरि कारवाही थाल्छौ।' आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान भैईरहेको उनले बताए।

आफन्तका अनुसार मदिरा सेवन गरी राती पसलमा आएका विश्वकर्माले गोतामेसंग पाँच हजार सापट मागेका थिए। गोतामेले रात परेको भन्दै रकम दिन नमानेपछि आक्रोसित विश्वकर्माले बोतलको एसिड प्रहार गरेका थिए।

प्रकाशित: २ श्रावण २०७२ ०६:४० शनिबार