अन्य

चिर्पटले हानेर भाइको हत्या गर्ने पक्राउ

काठमाडौं— दाउराको चिर्पट प्रहार गरी भाइको हत्या गरेको अभियोगमा नयाँबजार–२ बस्ने पदम बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

 

सार्कीले बिहीबार जग्गा विवादमा २७ बर्षीय भाई चित्र बहादुरलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका थिए।

प्रहरीले पक्राउ गरेका पदमबहादुरविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७२ ०१:५७ शुक्रबार