अन्य

सेना र प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं–नेपाली सेना र प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने गोरखा आरुपोखरी–९ घर भएका ३० वर्षीय दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ।परियारले पर्वत कुस्मा बस्ने कुमार परियार, अजय परियार, सुदिप परियार र सिता सापकोटालाई नेपाली सेना र प्रहरीका उच्च तहका व्यक्तिहरुलाई चिनेको र जागिर लगाइ दिने प्रलोभन देखाई ११ लाख १०हजार रुपैया ठगी गरेका थिए।
उनीहरुबाट रकम लिएर परियारले त्रिसुलीको होटलमा बस्नु आफु व्यारेकमा हाकिमसंग जागिर मिलाएर मात्रै व्यारेक बाहिर आई होटलमा खाएको बसेको रकम भुक्तानी दिने भनि म्यासेजबाट थप रकम समेत मागेका थिए।
पीडितले अपराध महाशाखामा आफुहरु ठगीएको भनी जाहेरी दिएपछि खटिएको प्रहरी टोलीले परियारलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ असार २०७२ ००:५८ बिहीबार