उनले काठमाडौँ बालुवाटार बस्ने निलिमा महर्जन र आकृति डंगोललाई गृह मन्त्रालयको खरीदार पदमा स्थायी नियुक्ति दिलाई दिन्छु भनी ४ लाख ठगी गरेका थिए। चापागाईंले पीडितहरुलाई विश्वास दिलाउन अर्थ मन्त्रालयको क्यान्टीन, लोक सेवा आयोगको भवन र गृह मन्त्रालयसम्म पुर्याई कर्मचारीको नक्कली संचयकोष परिचयपत्रसमेत बनाइ विश्वासमा पारी ठगी गरेर भागेका थिए।
उनले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिष्ट बनाइदिने भनी काठमाडौं महानगरपालिका–१६ बस्ने सृष्टि रंजीतबाट २५ हजार र हेटौंडा–४ मकवानपुर बस्ने सुदिप पाण्डेबाट १ लाख ७१ हजार ५ सयसमेत ठगी गरेको खुल्न आएको छ।
उनलाई ठगी मुद्धामा थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।
प्रकाशित: २६ असार २०७२ ०६:२६ शनिबार