जिल्ला प्रहरीले एकडारा बेला गाविस–९ का अखिलेश यादव, शिवप्रसाद यादव, लक्की यादव, तेजुकुमार यादव, उत्तिम यादव, सरोजकुमार यादव, दीपेन्द्र यादव, मो. कलिम अन्सारी, सुनिलकुमार यादव, मो. वाजिद राइन, मो. मोतिम अन्सारी, इसराइल कवारी, सहदेव साह र भारत विहारको सीतामढी पिपरा–१ का देवेन्द्र ठाकुरमाथि अपहरण मुद्दा चलाएको हो।
बिहीबार दिउँसो करिब १ बजे बी.आर.५५ए.५१६५ नम्बरको भारतीय स्कारपियो गाडीमा आएका अपहरणकारीले नैन्ही गाविस–४ बस्ने सचिव रायलाई जिल्ला सदरमुकाम जलेश्वर–५ स्थित बाटोबाट अपहरण गरी लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले उनीहरुलाई बीच बाटोबाट पक्राउ गरी ल्याएका थिए। साथै सचिव रायलाई उद्धार गरी सुरक्षासाथ परिवारजनको जिम्मा लगाएको प्रहरी जनाएको छ। रासस
प्रकाशित: २४ असार २०७२ २१:२८ बिहीबार