अन्य

यस्ती पनि आमा !

काठमाडौं–आफूले जन्माएको नवजात शिशु छोरालाई झोलामा राखी बागमती नदीमा फाल्ने काभे्र गोकुले–५ घर भएकी २२ वर्षीया कन्छीमाया तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

चारदिन अगाडि जन्मेको छोरोलाई झोलामा हाली काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाटस्थित बागमती नदीमा फालेर भाग्न लागेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालले तामाङलाई पक्राउ गरेको हो ।

उनले फालेको झोला खोली हेर्दा बालक जिवितै रहेकोले प्रहरीले आमाछोरालाई उपचारको लागि प्रशुति गृह थापाथली लगेपछि उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएकाे छ । तामाङकाे विवाह भए नभएकाे विषयमा अनुन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित: २४ असार २०७२ ०७:०५ बिहीबार