अन्य

पाँच वर्षीया बालिका बलात्कृत

गौशाला-महोत्तरी जिल्लाको सरपल्लो गाविसमा बुधबार साँझ पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् ।सरपल्लो गाविस–१ बस्ने १६ वर्षीय रामउजित महतोले बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।सरपल्लो–१ स्थित आफ्नो आँपको फूलबारीमा बसिरहेको महतोले खेतबाट आफ्ना बुबालाई खाजा दिएर आउँदै गरेकी बालिकालाई जबर्जस्ती तानेर फूलबारीमै रहेको गोठमा लगी बलात्कार गरेको जानकारी प्रहरी उपरीक्षक शौरभ राणाले दिए।

जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष टोलीले बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार साँझ नै महतोलाई पक्राउ गरी निजमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको उनले बताए । रासस

प्रकाशित: २४ असार २०७२ ०३:१७ बिहीबार