अन्य

फेरि बेडसिनकै सहारा

कथाको आवश्यकता भन्दै फिल्ममा 'बेडसिन' को प्रयोग गर्न माहिर छन्, निर्देशक राजु गिरी। फिल्म 'बिन्दास' र 'बिन्दास २' मा उनले यस्तै गरेका थिए। त्यतिबेला धेरैले उनको शैलीको विरोध पनि गरे। 'बिन्दास' मात्र व्यावसायिक रूपमा सफल भयो।उनी निर्देशित 'बिन्दास २' र 'टाइगर द रियल हिरो' फ्लप भए। तर, यिनै निर्देशकले बेडसिनको सहारा लिन भने छाडेनन्। हाल नेपालगञ्जमा उनकै निर्देशनमा छायांकन भइरहेको फिल्म 'बिन्दास ३' मा उनले तीनवटा उत्तेजक दृश्य खिचाएका छन्। यसपटक बेडसिनमा सुषमा कार्कीलाई नभएर नयाँ अनुहारलाई उनले लिएका छन्। फिल्ममा बिनु खड्काले राकेश गिरीसँग बेडसिन दिएकी हुन्। बेडसिनको तस्बिर पनि बाहिरिएको छ। यो फिल्मको अब दुई गीतमात्र खिच्न बाँकी रहेको बताइएको छ।

प्रकाशित: २३ असार २०७२ २३:४० बुधबार