अन्य

जागिर लगाइदिने वहानामा भान्जाबाट १६ लाख गठी गर्ने मामा पक्राउ

काठमाडौं–आफ्नै भान्जालाई अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भन्दै १६ लाख ठग्ने एक जनालाई महानगरीय प्रहरी अपराध अनुसन्धान माहाशाखाले पक्राउ गरेको छ ।अनुसन्धान अधिकृतमा जागिर लगाइ दिने भनि ठगी गरेको अभियोगमा ललितपुर कुसुन्ती–३ बस्ने सिन्धुपाल्चोक थकनी गाविस–३ का ३३ वर्षीय गणेशबहादुर खनाललाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बस्ने ३० वर्षीय रामेश्वर चौलागाईलाई राष्ट्रिय अनुसन्धानको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिने भन्दै विभिन्न प्रलोभन देखाई नातामा मामा पर्ने खनालले चौलागाईबाट १६ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २१ असार २०७२ ०६:२४ सोमबार