अन्य

घुस लिँदालिँदै दुई इन्जिनियर पक्राउ

कावासोती-उपभोक्ता समितिको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाई योजना फछ्र्योट गरिदिने भन्दै घुस लिएको आरोपमा इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्रलाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।

रु ५६ हजार घुस लिँदै गर्दा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय नं ७ का दुई इन्जिनियर ढकाल र मिश्र पक्राउ परेका हुन् ।सेमरहवा तिलकपुर सिँचाइ उपभोक्ता समितिको रु चार लाखको योजना फछ्र्योट गर्नका लागि ती दुई इन्जिनियरले घुस लिएका थिए ।पक्राउ परेकालाई बुटवल लैजाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। रासस

प्रकाशित: २० असार २०७२ ०४:३६ आइतबार