गत जेठ–३० गते राती बलात्कार गरेको भन्दै पिडितले दिएको उजुरीका आधारमा मगरलाई असार–१५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरिक्षक यादव गौतमले बताए। आरोपित मगर ६ महिनादेखि ना ४ त ७७५३ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए।
पीडित बालिकाले असार–१४ गते दिएको उजुरीका आधारमा उनलाई टेम्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। मगरबिरुद्ध जबरजस्ती करणी महल अन्तरगत कारवाही प्रक्रिया अघि बढाईएको गौतमले जनाए।
पीडित बालिकालाई मगरकै जिम्मा लगाउने तयारी गरिएको तर उनको जेठी श्रीमती भएको खुलेपछि घटना सार्वजनिक भएको स्थानीयले बताएका छन्। बालिकाको असार–१४ गते जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परिक्षण गरिएको छ।
प्रकाशित: १८ असार २०७२ ००:०४ शुक्रबार