अन्य

१ सय ३४ केजी चरेशसहित दुई भारतीय पक्राउ

काठमाडौं– इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ सय ३४ किलो ग्राम(केजी)८ सय ३० ग्राम चरेशसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालले जनाएको छ।


पक्राउ पर्नेमा भारत मोतिहारी लखौरा गाउँ बस्ने ३४ वर्षीय बलिराम दास र भारत बेटिया सुगौली बस्ने ४५ वर्षीय सरफोदीन अन्सारी छन्।

हेटौंडाबाट बारातर्फ जाँदै गरेको बीआर २९ बी ५९२९ नम्वरको बोलेरो गाडीलाई मंगलबार हेटौंडा उपमहानगरपालिका–१७ स्थित रातोमाटेमा प्रहरीले चेकजाँच गर्दा उक्त चरेशसहित उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाही थालेको बताएको छ।

प्रकाशित: १५ असार २०७२ ०६:३६ मंगलबार