अन्य

१ सय ३४ केजी चरेश सहित दुई पक्राउ

मकवानपुर- इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले १ सय ३४ केजी. ८३० ग्राम चरेश सहित २ जना भारतीयलाई पक्राउ गरेको छ।


भारत मोतिहारी लखौरा गाउँ बस्ने ३४ बर्षीय बलिराम दास र भारत बेटिया सुगौली बस्ने ४५ बर्षीय सरफोदीन अन्सारी पक्राउ परेका हुन्।
हेटौडाबाट बारातर्फ जाँदै गरेको विआर २९ वि ५९२९ नम्वरको बलेरो गाडीलाई मंगलबार हेटौडा उपमहानगरपालिका–१७ स्थित रातोमाटेमा प्रहरीले चेकजाँच गर्दा उक्त चरेश बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०७२ ०६:३४ मंगलबार