काठमाडौं– प्रहरीले अमेरिकामानिर्मित पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । राजधानीको नयाँ बसपार्कमा बस्दै आएका रोल्पा गंकोट–४ का ३६ वर्षीय जयबहादुर घर्ती सहित ४ जनालाई प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल १ थान, म्याग्जिन १ थान , गोली ५ राउण्ड र बा.६ च ११५ नम्वरको मारुती सुजुकी कार सहित पक्राउ गरेको हो ।महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार तारकेश्वर नगरपालिका–११ गोलढुंगा स्थित निगालो रेष्टुरेन्टबाट उक्त हतियार र गोली सहित पक्राउ गरेको हो ।
प्रकाशित: १५ असार २०७२ ०१:४९ मंगलबार