अन्य

पारिवारिक विवादपछि आत्महत्या

कोहलपुर–पारिवारिक विवादपछि वनकटुवा–६ मा एक विवाहित महिलाले आत्महत्या गरेकी छिन्। पतिसंगको घरायसी विवादपछि २० वर्षीय रुपा ओली भण्डारीले शुक्रबार राति विष सेवन गरी आत्महत्या गरेेको कोहलपुर प्रहरीले जनाएकाे छ।राति साँढे आठ बजे सल्फा नामक विषादी सेवन गरेकी भण्डारीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा दश बजे मृत्यु भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका कारण विष सेवन गरेको खुलेको छ। प्रहरीले घटनापछि पति र सासुससुरासंग सोधपुछ र अनुसन्धान थालेको छ।

प्रकाशित: ११ असार २०७२ २३:२७ शुक्रबार