काठमाडौं- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा सम्पन्न दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा ५ कांस्य पदक जितेका छन्। टिम इभेन्टमा तीन, डबल्समा एक र सिंगल एक गरी ५ कांस्य जितेको अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन्। क्याडेट ब्वाइज सिंगलमा श्यान्टु श्रेष्ठले पदक जिते। जुनियर गर्ल्स डबल्समा नोर्डेन तामाङ र रेणुका राना मगर तेस्रो हुँदै पदक जित्न सफल भए।
क्याडेट ब्वाइज टिममा श्यान्टु र रितिज जोशी तथा गर्ल्समा दीक्षा तामाङ र स्विकृति श्रेष्ठले कांस्य पदक जितेका थिए। जुनियर गर्ल्स टिम इभेन्टमा नोर्डेन, रेणुका र रुपा लिम्बू कांस्य जित्न सफल भए। पदकधारी खेलाडी मंगलबार स्वदेश फर्किएका छन्। च्याम्पियनसिप जुन १७ देखि १९ सम्म भएको थियो।
प्रकाशित: ९ असार २०७२ २१:३७ बुधबार