अन्य

चोरीमा संलग्न गिरोह पक्राउ

काठमाडौं– राजधानीमा भएका विभिन्न लुटपाट तथा सवारी साधन चोरी घटनामा संलग्न गिरोह पक्राउ परेको छ। प्रहरीले उक्त गिरोहका तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा–१ का २५ वर्षीय टिका थापामगर, रामेछाप लेदेबी–५ का २६ वर्षीय तेजबहादुर तामाङ र चितवन रत्ननगर नगरपालिका–१ का ३१ वर्षीय प्रेम महतो चौधरी रहेको प्रहरीले जनाएको छ।उनीहरुको साथबाट बलेरो गाडी, सातवटा मोटरसाइकल, ल्यापटप, सुनका गहना बदामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुले राजधानीका विभिन्न स्थानबाट बलेरो गाडी, मोटरसाइकल, ल्पापटप तथा सुनका गहना चारेको पाइएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।तीनै जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। तीमध्ये तेजबहादुर र टिका थापामगरलाई काठमाडौं र प्रेम चौधरीलाई चितवनबाट पक्राउ गरेको हो। तेजबहादुर टिका थापामगर यसअघि डाका, चोरी र किर्तेमुद्दाका फरार अभियुक्त हुन्।

यसैबीच काठमाडौं महानगरपालिका–१६ किमडोल बस्ने रामेछाप दुरागाउँ–७ का १९ वर्षीय कमल गुरुङगलाई बा.६६ प ५९७० नम्बरको चोरीको मोटरसाइकलसहित मंगलबार किमडोलबाट प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएका प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा मोटरसाइकलसहित गुरुङलाई पक्राउ गरेको हो।

प्रकाशित: ८ असार २०७२ ०६:३२ मंगलबार