मंगलबार पनि जमीनको लालपुर्जासहित दुवै जना भारत उत्तरप्रदेशको २२६ नम्बरको मोटरसाइकलमासंगै गइरहेका थिए। धनगढी बजारवाट जाईतर्फ जाने क्रममा दाजु कुमारले मोटरसाइकल चलाइरहेका थिए , भाई दिनेश बोहरा पछाडि बसिरहेका थिए। धनगढी बजार नजिकै रहेको लव्ली चोकमा भाई दिनेशले पेस्तोल झिकेर दाजुको अगाढीबाट छातीमा गोली हानेका थिए। गोली लागेपछि मोटरसाइलसहित उनी ढले। लालपुर्जासहितको कागजपत्रको फाइल फालेर दिनेश हेलमेट फुकालेर लगाई मोटरसाइकल लगेर फरार भएको निरीक्षक भट्टले बताए। गोली लागेर घाइते कुमारको अस्पताल पुग्ने बित्तिकै मृत्यु भएको थियो।
दुई भाईमा अंश सम्बन्धी लामो समय देखि विवाद थियो। अंशको विवादकै कारण केही समय अघि उनको बुबाको पनि रहस्यमय मुत्यु भएको स्थानीयले बताएका छन। वेपत्ता भएको हप्तौ दिनपछि उनको बुबा मृत अवस्थामा फेला परेका थिए।गोली हानी फरार दिनेशको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ असार २०७२ ०५:३८ मंगलबार