अन्य

चोरी गरेर भाग्दै गरेका दुई पक्राउ

इटहरी-केही दिनदेखि बढेको गर्मीले गर्दा राती झ्याल–ढोका खुल्लै राखेर सुत्ने गरेको सुइको पाएपछि इटहरी तथा वरपरका क्षेत्रमा चोरी गर्ने समूह सक्रिय भएको छ। आइतबार राती मात्र इटहरीको एक सर्वसाधारणको घरमा चोरी भएको छ।


इटहरी वडा नं. ५ का प्रमोद राईको घरमा चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले नगद एक लाख ८२ हजार, सुनको चुरा एक थान र तीनवटा मोवाइल चोरी गरेर भाग्दैं गर्दा धरान घर भएका १७ बर्षीय जीवन राई र चितवन घर भएका १७ बर्षकै आकाश आचार्य पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई चोरीमा मुद्धा चलाइएको इटहरीका प्रहरी निरीक्षक खगेन्द्र खड्काले बताए।
केही दिनयता गर्मीले गर्दा सर्वसाधारण आफ्ना घरको झयाल–ढोका खुल्ला राखि बस्ने, घर छाडी बाहिर खुल्ला स्थानमा सुत्ने, घरको छतमा बस्ने गरेकोले चोरी गर्ने गिरोह सक्रिय भएकाले गर्दा चनाखो भएर बस्न प्रहरीले अपील समेत गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०७२ ०६:१५ सोमबार