अन्य

खुलामञ्चमा एक व्यक्तिद्वारा आत्महत्या

काठमाडौं– राजधानीको खुलामञ्चको पश्चिम गेटमा प्लाष्टिकको डोरी लगाइ एक व्यक्तिले आत्महत्या गरेका छन्। करिब ३२ वर्ष उमेरका पहिचान हुन बाँकी रहेका व्यक्तिको वीर अस्पताल अगाडिको खुलामञ्चको गेटमा प्लाष्टिको डोरी लगाइ झुण्डिएर अात्महत्या गरेकाे प्रहरीले जनाएको छ।'करिब ३२ वर्षका एक व्यक्ति खुलामञ्चको पश्चिम गेटमा झुण्डिएको भन्ने खबर आएको छ,'जनसेवाका सई भीम रावतले भने,' अहिले हाम्रो टोली घटनास्थल पुगेर मुचुल्का तयार पार्ने काम भइरहेको छ।'

प्रकाशित: २५ जेष्ठ २०७२ ०४:१० सोमबार