टेलीफोनमार्फत नेपाल र भारतका बिभिन्न ब्यक्तिहरुसंग आइपिएलमा बाजी थाप्न लगाउने अबैध धन्दा चलाएको दुबै आरोपीसंगै अरु ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकालाई छुटाउन प्रहरी टोलीलाई तत्कालै ५ लाख रुपैयाँ घुस दिन खोजेको भन्दै संजय अग्रवाल, मुकेश अग्रवाल र बिजय टिबडेवाललाई समेत नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।
९ थान मोबाइल फोन, टेलीभिजन तथा एन्टिना ५ लाख नगद सहित प्रहरीले ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार सार्वजनिक गरेको हो। घुस दिन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका ब्यक्तिहरु निर्दोष रहेको भन्दै बीरगन्जका ब्यपारी समुदायले उनीहरुलाई मुद्दामा नपार्न आग्रह गरेको छ। दुबै मुख्य अभियुक्तले पनि ति तीनजनाको संलग्नता नरहेको बयान दिएका छन्। घुस दिन खोजेको भनिएकाहरुले आफुहरुले आकाश्मिक फोन आउँदा ५ लाख रुपैयाँ खेतानलाई सापटी दिन पुगेको बताएका छन्।
प्रहरीले जुवा सम्बन्धी कसुर र संगठित अपराध अन्तरगत मुद्दा चलाइने जनाएको छ। 'ब्यक्तिगत रुपमा आफू ठगिएको भन्दै कसैबाट जाहेरी पर्न आएमा ठग्गी सम्बन्धी मुद्दा पनि चलाइने छ,' प्रहरी नायब उपरीक्षब बीरबहादुर ओलीले भने, 'आइपिएल क्रिकेट प्रतियोगिता चलिरहँदा बीरगन्जमा पैसाको बाजी थाप्ने करोडौं रुपैयासम्मको सट्टाबाजी सुरु भएको सूचना आएपछि खटाइएको बिषेश टोलीले छापामारी गिरोहलाई समात्न सकेको हो।'
प्रकाशित: २५ वैशाख २०७२ ०५:०३ शुक्रबार