अन्य

'राज्य पुनर्संरचना भनेको राजाको हुकुम लागू हुनु हो'

नयाँ पुस्ताको राजनीतिसम्बन्धी सामान्य ज्ञान र जानकारी बुझ्ने ध्येयले शुक्रवारले एउटा सर्वेक्षण गरेको थियो। १७ देखि २५ वर्ष उमेर समूहका काठमाडौँ उपत्यका, विराटनगर, धरान, बुटवल, पोखरा र नेपालगञ्जका ५०० जना तन्नेरी यस सर्वेक्षणमा सहभागी भएका थिए। हामीले उनीहरूलाई केही सामान्य प्रश्न सोधेका थियौँ र जबाफ लेख्न लगाएका थियौँ। अधिकांश सहभागीले गलत जबाफ लेखेका थिए। केही जबाफ त उटपट्याङ थिए। अधिकांशको साझा जबाफ थियो– 'राजनीतिमा रुचि छैन', 'चासो छैन', 'राजनीति फोहरी खेल हो', 'नेता भ्रष्ट हुन्छन्' आदि।केही प्रश्नका जबाफ यस्ता छन्।

प्रधानमन्त्री/राष्ट्रपति/उपराष्ट्रपति/सभामुखको नाम के हो?

प्रियंकाकुमारी कामत, विराटनगरः शेखर कोइराला/ डा. रामवरण यादव/ परमानन्द झा/ सुवास नेम्वाङ

सुनिल बस्याल, बुटवलः सुशील कोइराला/बाबुराम भट्टराई/थाहा छैन / थाहा छैन

महिमा लिम्बू, धरानः रामवरण यादव/सुशील कोइराला/ परमानन्द झा/ थाहा छैन

सुमन थापा, काठमाडौँः सुशील कोइराला/ बाबुराम भट्टराई/थाहा छैन/थाहा छैन

भीष्मराज कोइराला, नेपालगञ्जः सुशील कोइराला/बाबुराम भट्टराई/थाहा छैन/थाहा छैन

मिलन थापामगर, पोखराः थाहा छैन/थाहा छैन/थाहा छैन/थाहा छैन

संविधानसभाको कतिवटा निर्वाचन भयो?

कुशल पौडेल, पोखराः ३ वटा

मिनी विष्ट, नेपालगञ्जः ५ वटा

अञ्जित गुरुङ, काठमाडौँः थाहा छैन

दीक्षा पुरी, बुटवलः थाहा छैन

दिव्य अधिकारी, विराटनगरः ३ वटा

संविधानसभामा कति जना सभासद् छन्?

विभाकुमारी कामत, विराटनगरः ३०१

एलिसा ढुंगाना, बुटवलः थाहा छैन

सुदीप राई, धरानः २०१

सुनील सुवेदी, काठमाडौँः २०६

सुरजबहादुर जफ्रेल, नेपालगञ्जः ३१

सन्दीप गिरी, पोखराः १०६

संविधानसभाका पहिलो, दोस्रो र तेस्रो दल कुन–कुन हुन्?

विशाल पाण्डे, बुटवलः एमाले/नेपाली कांग्रेस/ माओवादी

सिम्रन तामाङ, धरानः कांग्रेस/माओवादी/ एमाले

सुनील प्रधान, काठमाडौँः थाहा छैन/ थाहा छैन/ थाहा छैन

गीता चौधरी, नेपालगञ्जः थाहा छैन/ थाहा छैन/ थाहा छैन

विनायक कार्की, पोखराः एमाले/माओवादी/ कांग्रेस

संघीयता भनेको के हो?

युनिल पराजुली, पोखराः देशलाई विभाजन गनर्ेे चिज।

राकेश ठाकुर, नेपालगञ्जः निर्वाचनविरुद्ध नजानु संघीयता हो।

सुनील चालिसे, काठमाडौँः संघीयता भनेको देशलाई टुक्रा पार्नु हो।

उल्फट मोक्तान, धरानः थाहा छैन।

सुनील बस्याल, बुटवलः थाहा छैन।

रोहित अग्रवाल, विराटनगरः सबै दलको सहमति भएपछि केही कानुन लागू गर्ने प्रक्रिया।

संविधान निर्माण कहाँ पुग्यो? सहमति र प्रक्रिया भन्नाले के बुझ्नुहुन्छ?

सुहानी उपाध्याय, विराटनगरः अहिलेसम्म कहीँ पुगेको छैन। सबैजना एउटै कुरामा सहमत हुनु सहमति हो भने सहमत भएर संविधान जारी गर्नु प्रक्रिया हो।

मधुसुदन भट्टराई, बुटवलः बाटोमै होला। पार्टी मिल्नु सहमति हो/देश विकासका लागि अगाडि बढ्ने अभियान प्रक्रिया हो।

–आयुक बुढाथोकी, धरानः बन्ने क्रम जारी छ। सहमति र प्रक्रिया भन्या थाहा छैन।

सुमन थापा, काठमाडौँः कुर्सी हानाहानसम्म पुग्यो। सल्लाह मिल्नु सहमति हो। प्रक्रिया भनेको प्रोसेस हो।

रतन राना, नेपालगञ्जः काम भइरहेको कुरा सुनिन्छ। सहमति र प्रक्रिया भनेको जनतालाई रक्षा गर्नु हो।

निर्मला तिवारी, पोखराः केही पनि थाहा छैन।

राज्य पुनर्संरचना भनेको के हो?

छवि पुन, पोखराः थाहा छैन।

तपेन्द्र धमला, नेपालगञ्जः पहिलेको भन्दा केही फरक।

विनोद विमली, विराटनगरः राजाको हुकुम लागू हुनु।

महेश सुवेदी, बुटवलः राज्यलाई फेरि बनाउने।

सुदीप पौडेल, काठमाडौँः पुरानो घर भत्काएर नयाँ बनाए जस्तो त होला नि।

रोमा विष्ट, धरानः थाहा छैन।

तपाईंलाई मन पर्ने नेता को हुन्?

आरती थापा, काठमाडौँः अब केही काम नपाएर नेतालाई मन पराएर बस्नु?

सञ्जीवकुमार मण्डल, विराटनगरः कोही पनि मन पर्दैन।

कृष्ण खत्री, बुटवलः राम्रो काम गर्ने नेता भए पो मन पराउनु?

रिमा श्रेष्ठ, धरानः डा. बाबुराम भट्टराई।

सुस्मिता राना, पोखराः कोही पनि मन पर्दैन।

मनीषा योगी, नेपालगञ्जः बाबुराम भट्टराई।

वैशाख ११ मा कुन दिवस पर्छ?

दीपा तामाङ, विराटनगरः मजदुर दिवस।

पवित्र बुढामगर, नेपालगञ्जः स्वास्थ्य दिवस।

प्रशान्त बराल, पोखराः गणतन्त्र दिवस।

सुशान्त पुरी, बुटवलः थाहा भएन।

प्रकाशित: ११ वैशाख २०७२ ००:५३ शुक्रबार