अन्य

बिकानर र आँगन मिठाइमा छापा

पथरी–क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य मिठाइजन्य पदार्थ बेचेको भन्दै विराटनगरका मिठाई पसलमा छापा मारेको छ।कार्यालयले विराटगरमा रहेको युनिक एन्ड स्विट होटलले अखाद्य सामान मिसाई मिठाइजन्य पदार्थ बेचेको भन्दै सिल गरेको छ। त्यस्तै बिकानेर स्विट होममा छापामारी बिक्रीका लागि राखिएको ठूलो परिणामको मिठाई आगो लगाई नष्ट गरेको जनाएको छ।

यसैगरी आँगन होटललाई सफा राख्न र मानव स्वास्थ्यसँग खेलबाड नगर्न चेतावनी दिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मोरङका प्रमुख प्रमोद कोइरालाले बताए। रासस

प्रकाशित: ५ माघ २०७१ ००:५८ सोमबार