अन्य

निलगाई मारेको आरोपमा दुई पक्राउ

रौतहट- निलगाई मारेको आरोपमा रौतहट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। सिम्राभवानीपुर गाउँ विकास समिति वडा नम्बर ५ का अनरबा नयाँटोल नजिक रहेको पानीटंकी नजिक निलगाईलाई खुकुरी प्रहार गरेर मारेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको हो।


निलगाई मारेर घर तर्फ लैजादै गरेको अवस्थामा प्रहरी चौकी सिमरा भवानीपुरको टोलिले चन्द्रपुर नगरपालिका वडा नम्बर ११ का २९ बर्षीय कमराज मिया र ३४ बर्षीय जमालुदिन मिया दर्जिलाई नियन्त्रणमा लिएको चौकीका असई होदा मिया मुकेरीले बताए।
रंगपुर राष्ट्रिय वन क्षेत्रवाट आहारा खोज्दै जंगलबाट गाउँमा पसेको थियो। उनिहरुलाई आवस्यक कारवाहीको लागि जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरमा वुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ माघ २०७१ २३:०६ आइतबार