अन्य

एचआईभी संक्रमितको सहयोगार्थ 'सम्बोधन'

फिल्म 'सम्बोधन'ले च्यारिटी शो गर्दै प्रदर्शन थालेको छ। समाज सुधारको विषयलाई जोड दिएर बनाइएको फिल्मले एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ दाङमा पहिलो शो देखाएको हो।
फिल्मका निर्माता सरोज न्यौपाने, निर्देशक हेमराज बीसी र नायिका नम्रता श्रेष्ठ उक्त शोमा उपस्थित थिए। फिल्ममा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट र प्रशान्त ताम्राकारलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १ माघ २०७१ १२:४३ बिहीबार