अन्य

शुक्रवार सुन्दरी : निशा अधिकारी

निशा अधिकारी विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो टेक्न सफल अभिनेत्री हुन्। तर, उनी फिल्म करिअरमा भने अहिले पनि आधार–शिविरमा पुग्नैका लागि संघर्षरत छिन्। 
उनले अभिनय गरेका कुनै पनि फिल्मले बक्स अफिसमा कमाल गर्न सकेका छैनन्। सम्भावना हुँदाहुँदै पनि जम्न नसकेकी हिरोइनका रूपमा चिनिन्छिन् उनी। अहिले प्रर्दशन भइरहेको फिल्म 'आभाष' मा एकजना किशोरको प्रेमिकाका रूपमा देखिएकी निशा रियल लाइफमा भने क्रिकेटर शरद भेसवाकरसँगको सम्बन्धका कारण चर्चामा छिन्। उनले फिल्म 'मिसन पैसा' बाट डेब्यू गरेकी हुन्। त्यसपछि 'धुवाँ', 'यो नशा', 'मायाज बार', 'सुनगाभा' लगायत फिल्ममा उनले काम गरिन्। उनले अभिनय गरेको ऐतिहासिक कथावस्तुमा आधारित फिल्म 'भीमदत्त' प्रदर्शनको तयारीमा छ।

प्रकाशित: १ माघ २०७१ १२:३७ बिहीबार